Section 9
पदाधिकारी पदमा नरहेको जानकारी दिनु पर्ने

(१) कुनै संवैधानिक निकायको कुनै पदाधिकारीकुनै तरिकाले आफ्नो  पदमा नरहेमा निज सो पदमा नरहेको मितिले सात दिनभित्र सम्बन्धित
संवैधानिक निकायले सो व्यहोरा सचिवालयमा लेखी पठाउनु पर्नेछ र सोको जानकारी सम्बन्धित मन्त्रालयलाई समेत दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको जानकारी सचिवालयमा प्राप्त भएपछि सचिवले सो सम्बन्धमा यथाशीघ्र अध्यक्षलाई अवगत गराउनु पर्नेछ ।